Rule 14
निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू
(१) निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्दा देहायका शर्तहरू पालनbगर्नु पर्नेछ ः-
(क) निकासी गर्न लागेको पशुको किसिम, जाति, प्रजाति र संख्याको विवरण सहित निकासी गरिने नाका सहित सम्भावित मिति बारे सम्बन्धित क्वारेन्टाइन अधिकृतलाई तीस दिन अगावै सूचना दिनु पर्ने,
(ख) पशुको हकमा क्वारेन्टाइन अधिकृतले परीक्षण गरी निकासीयोग्य छ भनी देखिने गरी उपयुक्त चिन्ह लगाएको र भेटनरी अधिकृतबाट निरोगिताको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्ने,
(ग) पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,
(घ) निकासी गरिने पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतद्वारा परीक्षण गराउनु पर्ने, र
(ङ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले उपयुक्त हुनु पर्ने ।
(२) यस नियम बमोजिम निकासी भएको पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको अभिलेख सम्बन्धित क्वारेन्टाइन अधिकृतले राख्नु पर्नेछ ।